Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७८ सम्बन्धि अभिमुखिकरण प्रशिक्षण सुरु

वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७८ सम्बन्धि अभिमुखिकरण प्रशिक्षण सुरु

images

इच्छाकामना न्युज

२१, बैशाख २०८२
वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७८ सम्बन्धि अभिमुखिकरण प्रशिक्षण सुरु
images
आँबुखैरेनी, २१ बैशाख । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा आजबाट वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७८ सम्बन्धि २ दिने अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
वातावरणमैत्री स्थानीय शाासन पद्धतिको अवलम्बनद्वारा स्वच्छ, सुन्दर र वातावरणमैत्री समाजको सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरुका लागि २ दिने अभिमुखिकरण प्रशिक्षण कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेष्टको सभाहलमा आयोजित सो अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले उद्घाटन गर्नुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो ।
वातावरणमैत्री स्थानीय शासन प्रारुप सम्बन्धि अभिमुखिकरण प्रशिक्षणको कार्यक्रमको सहजीकरण जिल्ला समन्वय अधिकारी प्रकाश राज अधिकारीले गर्नुभएको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २१:५०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology