आँबुखैरेनी । क्षेत्री समाज नेपाल आँबुखैरेनीको पालिका स्तरीय बृहत् भेला तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ ।
सुमन बगालेको सभापतित्व तथा समाजका केन्द्रिय अध्यक्ष रिप बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा क्षेत्री समाजको पालिका स्तरीय बृहत् भेला तथा प्रथम अधिबेशन सम्पन्न भएको हो ।
आँबुखैरेनी पार्टी प्यालेस एण्ड रेस्टुरेन्टको सभाहमा सम्पन्न समाजको पालिका स्तरीय बृहत् भेला तथा प्रथम अधिबेशनले सुमन बगालेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षद्वोयमा लक्ष्मण थापा क्षेत्री, बिमला कुँवर, सचीवमा प्रताप बाबु थापा क्षेत्री, सह सचीवमा सृजना थापा, कोषाध्यक्षमा राहुल के.सी. रहेका छन ।
यसैगरी समाजको सदस्यहरुमा रामशरण के.सी., श्याम के. सी. , बाबुराम देवकोटा, तार्जन बगाले, गोबर्द्वन कार्की, रजनी चुमान, बिष्णु घिमिरे क्षेत्री, गौरी कार्की, सृजना के.सी. , गोपाल थापा, मालती अधिकारी रहेका छ्न ।