Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रुसद्वारा तीनदिने युद्धविरामको घोषणा

रुसद्वारा तीनदिने युद्धविरामको घोषणा

इच्छाकामना न्युज

१५, बैशाख २०८२
रुसद्वारा तीनदिने युद्धविरामको घोषणा
images

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसका अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेको क्रेमलिन प्रशासनले सोमबार जनाएको छ ।

images
images

किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । साथै, युद्धमा रोक लगाउने कुनै पनि उल्लंघनको जवाफ दिन रुस तयार रहेको पनि रुसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । पुटिनले इस्टरको अवसरमा पनि ३० घन्टे इस्टर युद्धविरामको घोषणा गरेका थिए ।

तर उक्त युद्धविराममा दुवै पक्षले एकअर्काविरुद्ध सयौं पटक आक्रमण गरेको आरोप लगाएका थिए । ‘रुसी पक्षले विजय दिवसको ८० औं वार्षिकोत्सवका अवसरमा मे ७ को मध्यरातदेखि मे १० को मध्यरातसम्म युद्धविरामको घोषणा गर्दै छ ।

यस अवधिमा सबै लडाकु अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले एक विज्ञप्तिमा राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै उल्लेख गरेको छ । ‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ । यद्यपि, यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लंघन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २२:५८:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology