Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सविन गुरुङ चयन

अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सविन गुरुङ चयन

images

इच्छाकामना न्युज

१३, बैशाख २०८२
अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सविन गुरुङ चयन
images

इच्छाकामना  : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सविन गुरुङ चयन भएका छन् । शनिबार मुग्लिनमा सम्पन्न दोश्रो सम्मेलनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
यसैबिच उपाध्यक्षमा ज्योति गुरुङ,अस्मिता सुनार,सचिवमा भरत गुरुङ,सह–सचिवमा प्रविन गुरुङ, देव कुमार चेपाङ र कोषाध्यक्षमा सन्त कुमारी चेपाङ चयन भएका छन् । सम्मेलनबाट २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेका हुन् ।  
  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा चितवनका इन्चार्ज घनश्याम दाहाल ‘अविनास’को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा, वागमती प्रदेश सभा सदस्य इश्वर सापकोटा , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, सचिव द्रोणबाबु सिवाकोटी,  प्रदेश कमिटीका सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, प्रदेश सदस्य सावित्रा सिलवाल, इच्छाकामना गाउँ कमिटी अध्यक्ष रामहरि  कडेँल वाइसियल चितवनका अध्यक्ष दुर्लभ शाही,अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुुसन पौडेल लगायतको आतिथ्यतता रहेका थिए । 

images
प्रकाशित मिति :बैशाख १३, २०८२ शनिवार - २२:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology