Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

श्रीलङ्काको कारागारमा २६ जना नेपाली महिला, तत्काल नछुट्ने

श्रीलङ्काको कारागारमा २६ जना नेपाली महिला, तत्काल नछुट्ने

images

एजेन्सी

१४, फाल्गुण २०७७
श्रीलङ्काको कारागारमा २६ जना नेपाली महिला,  तत्काल नछुट्ने
images

विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ । विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बताएको बीबीसीले जनाएको छ ।

ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए । उनले भने, “हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ । अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ ।”

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०८:३५:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology