Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
आँबुखैरेनीको बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा
images

दमौली (तनहुँ), वैशाख १० गते । जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो । 

समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो । बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले बताउनुभयो । बजार क्षेत्रमा ठुला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनी प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उहाँको भनाइ छ । 

प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ । प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिनुभयो ।  

आँबुखैरेनीका विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागु गरिने

आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागु गरिने भएको छ । गाउँपालिकाका छवटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सुवेदी र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानबिच विद्यालयमा उक्त पुस्तिका समावेश गर्ने बारेमा सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह-प्रहरी विद्यालय सम्पर्क पुस्तिका २०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । यस पाठ्यपुस्तकले विद्यार्थीमा कानुनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा प्रहरी र विद्यालयसँग सहकार्य गर्दै शिक्षालाई अझ सुरक्षित, सशक्त र जिम्मेवार बनाउने मार्गमा अघि बढेको छ ।” यो पाठ्यपुस्तकले विद्यार्थीलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । रासस 

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:१६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology