Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सरकार पूर्णरुपमा असफल भइसक्यो : माओवादी

सरकार पूर्णरुपमा असफल भइसक्यो : माओवादी

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
सरकार पूर्णरुपमा असफल भइसक्यो : माओवादी
images

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरूपमा असफल भइसकेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार असफल भइसकेको बताएका हुन् । 

सरकारको कुशासन र नालायकीका कारण जनता निराश र आक्रोशित रहेको सापकोटाको भनाइ थियो । उनले यसैबीच प्रतिगामी तत्त्व सलबलाइरहेको पनि बताए । सरकारप्रति नागरिकहरूको आक्रोशले सीमा नाघिसकेको उनको भनाइ थियो । शिक्षक, चिकित्सक, नर्स, लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी आन्दोलित रहेको बताउँदै उनले राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको बताए ।

'जनता धेरै नै निराश छन् । जनता एक प्रकारले आक्रोशित पनि छन् । यो सरकारको कुशासन र नालायकीका कारण प्रतिगामी सलबलाइरहेका छन् । यो परिस्थितिमा सरकारप्रति आक्रान्त भइसकेका छन् । सीमा नाघिसकेको छ, सबै सडकमा छन् । शिक्षकहरू त छँदै छन्, चिकित्सकहरू, नर्सहरू, लघुवित्तपीडितहरू, सहकारी पीडितहरू, कर्मचारीहरू आन्दोलित छन्,' सापकोटाले भने, 'स्थानीय तहका कर्मचारीले धेरै पहिलेदेखि आन्दोलन गरिरहेका छन् । राज्यका कुनैपनि क्षेत्रले शान्तिसँग काम गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा समस्या समाधान गर्नुको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको छ । सरकार पूर्णरूपमा फेल भइसकेको छ ।'

विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पास गरी शिक्षकका माग सम्बोधन गर्न पनि माओवादीले माग गरेको छ । प्रधानमन्त्री केपी ओली शिक्षकका माग पूरा गर्नभन्दा उनीहरूलाई होच्याउने तथा अपमानित गर्नतिर लागिरहेको पनि सापकोटाले बताए ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:०८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology