Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ

पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ

इच्छाकामना न्युज

५, बैशाख २०८२
पत्रकार हुँ भन्दै धम्की दिएर रकम असुल्ने एक जना पक्राउ
images

रौतहट । व्यापारीहरूलाई धाकधम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

images
images

व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।

बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - ०८:५७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology