कुरिनटार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारमा आउनुहुने भएको छ । प्रधानमन्त्री ओली गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन समुद्घाटनको लागि इच्छाकामना आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली बिहान ११ः३० बजेसम्म कुरिनटार आईपुग्ने कार्यक्रम तालिका रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली इच्छाकामनामा १२ बजेसम्म बस्नुहुनेछ ।
प्रधानमन्त्री ओली इच्छाकामनामा आउने बहालवाला प्रधानमन्त्रीहरु मध्य पहिलो हुनुहुन्छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण इच्छाकामना न्युजले गर्नेछ ।