Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा आँबुखैरेनी क्याम्पसका बिद्यार्थीलाई बस सेवा उपलब्ध गराउने

आँबुखैरेनी गाउँपालिकाद्वारा आँबुखैरेनी क्याम्पसका बिद्यार्थीलाई बस सेवा उपलब्ध गराउने

images

इच्छाकामना न्युज

३, बैशाख २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा आँबुखैरेनी क्याम्पसका बिद्यार्थीलाई बस सेवा उपलब्ध गराउने
images
आँबुखैरेनी, ३ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसका बिद्यार्थीका लागि बस सेवा उपलब्ध गराउने भएको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, क्याम्पस प्रमुख भवदत्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र आँबुखैरेनी क्याम्पसका स्ववियु अध्यक्ष निशान मगरले एक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरी यही २०८२ वैशाख ७ गते आइतबारदेखि पालिकाले क्याम्पसका विद्यार्थीहरूका लागि बस सञ्चालनमा ल्याउने भएको हो ।
आँबुखैरेनी गाउँ पालिकाकै एक मात्र उच्च शैक्षिक संस्थाको रूपमा रहेको आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूले यातायातको समस्या भोग्दै आइरहेको र पालिकाको यस कार्यले उनीहरूको पठनपाठनमा निकै सहज हुने भएपछि विद्यार्थीहरू खुसी देखिएका छन् ।

images
प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - १६:५९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology