Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ऐना पहरामा एकल बृद्ध महिलालाई आर्थिक सहयोग

ऐना पहरामा एकल बृद्ध महिलालाई आर्थिक सहयोग

images

इच्छाकामना न्युज

२, बैशाख २०८२
ऐना पहरामा एकल बृद्ध महिलालाई आर्थिक सहयोग
images
आँबुखैरेनी, २ बैशाख । नयाँ वर्ष – २०८२ सालको अवसरमा ऐना पहरामा आयोजित कार्यक्रममा एकल बृद्ध महिलालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–३, स्थित ऐना पहरामा घुम्न आउने आन्तरिक पर्यटकहरु, ऐना चिल पहरा रेस्टुरेन्ट र अनुग्रह ब्याण्डद्धारा संकलित सहयोग संकलन रकम उक्त एकल बृद्ध महिलालाई हस्तान्तरण गरिएको हो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले ८० वर्षिया एकल बृद्ध महिला सपना वि.क. लाई सहयोग संकलित रकम रु. ९ हजार ९ सय ९० रुपैंया हस्तान्तरण गर्नुभएको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, ख्याति प्राप्त चर्चित गायिका बिन्दु परियार, चर्चित ब्याण्ड अनुग्रह, चर्चित गायक रमेश श्रेष्ठ (मेलोडी), वडा नं. २ का वडाध्यक्ष आश बहादुर गुरुङ्ग, ऐना चिल पहरा रेस्टुरेन्टका संचालक सन्तोष थापा, किशोर के.सी., वडा सदस्य भुगोल सुर्वणकार, युवा समाजसेवी सुजन गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।
 
 
 
 
 
 
 
 
 
 
 

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २०:५५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology