भुवन रायमाझी, पाल्पा, १३ फागुन । पाल्पाको बगनासकाली गाउँपालिका जिल्लाकै पहिलो फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाका २ सय ५२ घरलाई जस्तापाता वितरण गरी फुसको छाना रहित पालिका घोषणा गरीएको अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।
फुसको छाना भएका घरलाई ६९ लाख बराबरको ७ सय ५६ बन्डल जस्तापाता वितरण गरिएको हो । जस्ता पाएपछि पानी चुहिने छानोमा बस्नुपर्ने बाध्यता टरेको भन्दै स्थानीय खुसी भएका छन् ।