Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ओलीलाई सम्मानजनक बहिर्गमनको वातावरण बनाउन नेकपा उपाध्यक्ष गौतमको प्रस्ताव 

ओलीलाई सम्मानजनक बहिर्गमनको वातावरण बनाउन नेकपा उपाध्यक्ष गौतमको प्रस्ताव 

इच्छाकामना न्युज

१३, फाल्गुण २०७७
ओलीलाई सम्मानजनक बहिर्गमनको वातावरण बनाउन नेकपा उपाध्यक्ष गौतमको प्रस्ताव 
images

काठमाण्डौ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गर्नुभएको छ । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गौतमले यस्तो प्रस्ताव राख्नुभएको हो । 
प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुग्नुभएको थियो । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो । नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आउनुभएको छ । हिजो मात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न उहाँले आग्रह गर्नुभएको थियो । 
सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आउनुभएको छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:३५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology