Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बल्खुमा राप्रपाको आमसभा, ट्राफिक व्यवस्थापनमा कडाई

बल्खुमा राप्रपाको आमसभा, ट्राफिक व्यवस्थापनमा कडाई

इच्छाकामना न्युज

२५, चैत्र २०८१
बल्खुमा राप्रपाको आमसभा, ट्राफिक व्यवस्थापनमा कडाई
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) बल्खुमा आमसभा गर्दैछ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

images
images

बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
यो संगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई पारिएको छ । ट्राफिक महाशाखाले सूचना जारी गर्दै आज प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानबारे जानकारी गराएको छ । जसमा खसिबजार–मकालु–कलङ्की चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकु क्षेत्र रहेका छन् ।

यस्तै कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुनाबाट समेत डाइभर्सन हुनेछन् । यस्तै प्रहरीले आवश्यक परेको अवस्थामा अन्य क्षेत्रमा पनि सवारी डाइभर्सन हुने जनाएको छ । ट्राफिक जाम हुने क्षेत्रहरुमा वैकल्पिक बाटोहरु अपनाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । 

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - ०९:२९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology