Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक

इच्छाकामना न्युज

२५, चैत्र २०८१
सञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक
images

काठमाडौंसञ्जीवकुमार पौडेलको शब्द, सङ्गीत र स्वरमा रहेको मार्मिक गीत ‘न दिन सके खुशी तिमीलाई’ सार्वजनिक भएको छ । देवेन्द्र नेवाको एरेञ्ज, प्रकाश मिश्रको मिक्सिङ एवम् माष्टरिङ र राजबाबु थापा रेकर्डिष्ट रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

images
images

विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा वादल घिमिरे, अस्मिता सुवेदी र गीता विष्टलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा मिलन विश्वकर्माको कलर संयोजन र लक्षमण चौहानको सम्पादन छ ।

आफूले माया गरेको मान्छेलाई खुशी दिन नसकेको र आफू पनि खुशी हुन नसकेको गीतमा व्यक्त गरिएको छ । उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - ०९:०२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology