Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते

तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते

इच्छाकामना न्युज

२४, चैत्र २०८१
तुलसीपुरमा वन मौरीले टोक्दा पाँच जना घाइते
images

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ वन मौरीको टोकाइबाट पाँच जना घाइते भएका हुन् । आइतबार साँझ ६ बजेतिर बाटो हिँड्ने क्रममा मौरीले टोक्दा घाइते भएको प्रहरीले जनाएको हो ।

images
images

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा ३५ वर्षीया मनकुमारी केसी, उहाँका १० वर्षीय छोरा यमलाल केसी, ४० वर्षीय बसन्त बुढाथोकी, उहाँकी श्रीमती ४० वर्षीया शिवा बुढाथोकी र दुई वर्षीय छोरा ऋषिराज बुढाथोकी रहनुभएको छ ।

images
प्रकाशित मिति :चैत्र २४, २०८१ सोमवार - ०७:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology