कुरिनटार । नेकपा एमाले इच्छाकामना गाउँकमिटिले ३ महिने जरा अभियानको समिक्षा गरेको छ । आईतबार कुरिनटार स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि अभियानको समिक्षा गर्नुका साथै इच्छाकामना गाउँकमिटिले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको भित्तेपात्रोको विमोचन समेत गरिएको हो ।

गाउँकमिटिको अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं चितवन इन्चार्ज देवी ज्ञवाली प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भने केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ का पार्टी इन्चार्ज कृष्णभक्त पोखरेल विशेष अतिथि रहनुभएको थियो ।
यस्तै कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य यम बहादुर परियार, चितवन जिल्ला अध्यक्ष कमल पाठक, जिल्ला सदस्यहरु दान बहादुर गुरुङ, रुद्र उप्रेती, जुना राजभण्डारी, चन्द्रमणी सापकोटा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा जरा अभियानका बारेमा पार्टीको वडा इन्चार्जहरुले वडागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने रिपोर्टिङको क्रममा इन्चार्जहरुले जरा अभियानले जनतामा उत्साह थपिएको बताउनुभयो ।