Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनताका नाउँमा भयो पूजा

जनताका नाउँमा भयो पूजा

पत्रपत्रिका

२३, चैत्र २०८१
जनताका नाउँमा भयो पूजा
images

नवीनराज कुइँकेल, लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको कालिका मन्दिरमा धेरै पहिला राजाले मात्र पूजा गर्ने चलन थियो । विसं १५५० असारमा कुलमण्डन खाँका छोरालाई ल्याएर राजा बनाइएपछि कालिका मन्दिर स्थापना भएको थियो । तत्कालिन बाइसे चौबिसे राज्य एकीकरणपछि यहाँ राजाको नाउँमा पूजाआजा हुन थाल्यो । गणतन्त्रपछि भने यहाँ जनताको नाउँमा पूजा गर्न थालिएको छ । 

images
images

गणतन्त्रपछि जनताको नाउँमा पूजा गर्ने गरिए पनि राजाले बसाएको चलन भने हटेको छैन । बर्सौंदेखि गुठी संस्थानबाट मन्दिरमा चढाउन भेटी, प्रसाद र बलीको व्यवस्था हुँदै आएको छ । चैते दसैँका लागि राँगा, बोका, सुँगुर, भेडा, हाँस, कुखुरा, परेवाका लागि पनि बजेट आउने गर्छ । मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले भन्नुभयो, “जिल्लामा गुठी संस्थानको कार्यालय नभएकाले मालपोतमै बजेट आउने गर्छ । बजेट पुजारीलाई दिएर पूजा गराउने गरिएको छ ।” श्रेष्ठका अनुसार राँगा, बोका, भेडालाई कम रकम आउँदा पूजा गराउन समस्या हुने गरेको बताउनुभयो । 

गणतन्त्रपछि पनि राजाको पालादेखि राखिएको सरकारी बलि दिने परम्पराको अन्त्य हुन नसक्नुले परिवर्तनको आभास नमिलेको सर्वसाधारणको टिप्पणी छ । यसअघि मन्दिरको प्रसाद राजालाई पठाइने गरिएकोमा गणतन्त्रपछि राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ । सरकारका मुख्य सचिव, गुठी संस्थानका अध्यक्ष, गुठी प्रशासक, भूमि व्यवस्था मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायतलाई प्रसाद पठाउने गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ । 

मन्दिरमा व्यक्तिगत रूपमा बलि चढाउन तथा पूजाआजाका लागि लमजुङ, तनहुँ, कास्की, गोरखा, चितवन, काठमाडौँदेखि भक्तजन आउने गरेको पुजारी माधव बरालले बताउनुभयो ।  गोर्खापत्रबाट

images
प्रकाशित मिति :चैत्र २३, २०८१ आइतवार - १०:३३:३५ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology