Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने

रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने

images

इच्छाकामना न्युज

१८, चैत्र २०८१
रास्वपाले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछानेका अनुसार चैत २३ गते शनिबारदेखि जनयात्रा सुरु हुँदै छ ।

सोमबार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकमा सभापति लामिछानेले यसबारेमा जानकारी दिएका हुन् । जनयात्रा सुरु गर्न लामिछाने शनिवार चितवन आउने छन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित भई हाल सहकारी ठगी मुद्धाका कारण निलम्बित भएका लामिछानेले आफु गृहमन्त्री हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई किन ढलाइयो भनि खुलासा गर्दै छन् । आफ्ना मतदातालाई यसबारे जानकारी गराउने उनले बताएका छन् ।

त्यस्तै, ओली नेतृत्वको गठबन्धन सरकारले अर्को प्रहार गर्नसक्ने भएकाले अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको उनको भनाइ छ। उनले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभई जनताको तन्त्र भएको बताए ।

गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताउँदै सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्ने र त्यसमा केही पास भएको तथा केही फेल भएको उनले उल्लेख गरे ।

images
प्रकाशित मिति :चैत्र १८, २०८१ मंगलवार - ०८:४५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology