Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी

images

इच्छाकामना न्युज

१७, चैत्र २०८१
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी विजयी
images

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्था प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन्।  गएराति सम्पन्न मतदानमा गिरीले ३६६ मत ल्याएर विजयी भए। उनको प्रतिस्पर्धी दीपेन्द्र रावलले १ सय ७५ मत पाए। यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारीले ३९७ मत ल्याएर विजयी हुँदा सुदिप बर्देवा पराजित भए।

सेन्टरको ५ जना उपाध्यक्ष भने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष खुलामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, उपाध्यक्ष महिलामा शान्ता अधिकारी र उपाध्यक्ष समावेशीमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। 

महासचिवमा मनोज घर्तिमगरले ३७९ मत पाएर विजयी भए। उनका प्रतिस्पर्धी दिपेन्द्र शर्माले १४८ मत पाए। यस्तै उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल विजयी भए।

उपमहासचिव महिलामा लक्ष्मी आचार्य, उपमहासचिव दलितमा हरिश बिक, उपमहासचिव मधेशीमा अनिल मिश्र, उपमहासचिव आदिवासी जनजातिमा बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए।

सचिव खुलमा सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला सचिवमा अन्जली थापा, समावेशी सचिवमा अवतार राई र कोषाध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :चैत्र १७, २०८१ सोमवार - १२:४०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology