आँबुखैरेनी, १७ चैत्र । सिद्वी गणेश टोल सुधार समिति आँबुखैरेनी-२ र ३ तनहुँको १४ औं साधारणसभा तथा ७ औं अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनले बाबुराम शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचीवमा राजेन्द्र गुरुङ, कोषाध्यक्षमा पुजन श्रेष्ठलाई चयन गरिएको छ ।
यस्तै, सदस्यहरुमा राजेन्द्र गौचन, राजेन्द्र कुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, सुमन भट्ट, रामचन्द्र श्रेष्ठ, हिरा गुरुङ र कुस्मा मगर लाई चयन गरिएको सिद्वी गणेश टोल सुधार समितिले जनाएको छ ।