Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी बजार इकाईको २९ औं साधारण सभा सम्पन्न

आँबुखैरेनी बजार इकाईको २९ औं साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

१६, चैत्र २०८१
आँबुखैरेनी बजार इकाईको २९ औं साधारण सभा सम्पन्न
images
आँबुखैरेनी, १७ चैत्र । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीको २९ औं साधारण सभा आईतबार सम्पन्न भएको छ ।
आँबुखैरेनी बजार इकाई समितीका सभापति भगवान श्रेष्ठको अध्यक्षता तथा तनहुँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईम कुमार मल्लको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभामा समितीका सचिव सुरेन्द्र कुमार श्रेष्ठले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईम कुमार मल्ल, तनहुँ उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष प्रकाश हडखले, तनहुँ उद्योग वाणिज्य संघका सदस्य बिन कुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका सदस्य तथा निवर्तमान सभापति दिपक कोईराला, पूर्व सभापति उत्तर कुमार श्रेष्ठ, पूर्व सभापति कृष्णमान तामाङ्ग, आँबुखैरेनी सेवा समाज तथा वडा नं. ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १६, २०८१ आइतवार - २३:३५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology