Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

छिम्केश्वरीमा बिशाल भागवत लगाउने तयारी

छिम्केश्वरीमा बिशाल भागवत लगाउने तयारी

images

इच्छाकामना न्युज

१५, चैत्र २०८१
छिम्केश्वरीमा बिशाल भागवत लगाउने तयारी
images
आँबुखैरेनी, १६ चैत्र । गण्डकी प्रदेशको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल छिम्केश्वरीमा बिशाल भागवत लगाउने तयारी भएको छ ।
आँबुखैरेनी गाउँपालिका-५, स्थित छिम्केश्वरी मन्दिरको धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकासको लागि बिशाल भागवत लगाउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरीमा २०८२ साल असोजमा भागवत लगाउन तयारी सुरु गरिसकेको र उक्त भागवतबाट १० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
छिम्केश्वरीमा बिशाल भागवत लगाउने बिषयमा गुरु दिनबन्धु पोख्रेल र आँबुखरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बीच शुक्रवार प्रारम्भिक छलफल भएको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०८१ शनिवार - २३:५४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology