Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजावादी प्रदर्शनपछि एमालेले भन्योः आपराधिक दुष्प्रयासविरुद्ध गोलबद्ध होऔँ

राजावादी प्रदर्शनपछि एमालेले भन्योः आपराधिक दुष्प्रयासविरुद्ध गोलबद्ध होऔँ

इच्छाकामना न्युज

१४, चैत्र २०८१
राजावादी प्रदर्शनपछि एमालेले भन्योः आपराधिक दुष्प्रयासविरुद्ध गोलबद्ध होऔँ
images

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले आपराधिक दुष्प्रयाविरुद्ध गोलबद्ध हुन आह्वान गरेको छ। सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछौँ, पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

images
images

महासचिव पोखरेलले आजका राजावादी प्रदर्शनमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि सरकारसँग माग गरेका छन्।

आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको एमाले घोर भर्त्सना गर्दछ। शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,त्यहाँ भनिएको छ।

images
प्रकाशित मिति :चैत्र १४, २०८१ शुक्रवार - २२:११:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology