Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मार्किचोक उद्योगग्राम : बाँसजन्य तथा फालमजन्य सामाग्रीहरु बिक्रीका लागि तयार

मार्किचोक उद्योगग्राम : बाँसजन्य तथा फालमजन्य सामाग्रीहरु बिक्रीका लागि तयार

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
मार्किचोक उद्योगग्राम  : बाँसजन्य तथा फालमजन्य सामाग्रीहरु बिक्रीका लागि तयार
images
आँबुखैरेनी, १३ चैत्र । तनहुँको आँबुखैरेनी गाऊँपालिकाद्धारा मार्किचोकमा सञ्चालित उद्योगग्रामबाट निर्माण गरिएका विभिन्न बाँसजन्य तथा फालमजन्य सामाग्रीहरु बिक्रीका लागि तयार भएको छ ।
स्थानीय जनशक्ति, स्थानीय सिप, स्थानीय श्रोत साधन अनी आधुनिक मेशीनको प्रयोग मार्फत उक्त उद्योगग्राममा निर्माण गरिएका बाँसजन्य (सोफासेट, झोलूँगो, डाइनिंग सेट, मुड़ा, कूछो, नांग्लो आदि) तथा फलामजन्य (outdoor-indoor ब्यायामका सामग्री, ठेलागाडा, पींग, लगायत अन्य निर्माणजन्य सामग्रीहरु) सामग्रीहरु बिक्रीका लागि तयार भएको हो ।
ग्राहकवर्ग तथा व्यापारीहरुका लागि आ–आफनो आवश्यकता र डिजाइन बमोजिम विभिन्न बाँसजन्य तथा फालमजन्य सामाग्रीहरु order गरी खरीद गर्न सकिने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष शक्र चुमानले जानकारी दिए ।
“स्थानीय उत्पादन खरिद गरी स्थानीय आर्थिक सम्बृद्धि साझेदार बनौ । ” भन्ने मूल नाराका साथ आँबुखैरेनी गाउँपालिकाले वडा नं. २ स्थित मार्किचोकमा उक्त उद्योगग्राम संचालनमा ल्याएको हो ।

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २३:५०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology