आँबुखैरेनी, १३ चैत्र । आँबुखैरेनी क्याम्पसमा गत चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचन २०८१ बाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको छ ।
क्याम्पसको सभाहलमा बुधबार आयोजित उक्त कार्यक्रममा क्याम्पसको स्ववियू सभापति निशान मगर सहित सम्पूर्ण पदाधिकारीहरुलार्ई सपथ ग्रहण तथा प्रमाण–पत्र वितरण गरिएको हो ।
निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले स्ववियू पदाधिकारीहरुलार्ई त्रि.वि. स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०७९ बमोजिम सपथ ग्रहण गराउनुका साथै प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।
उक्त निर्वाचनमा अखिल ( क्रान्तिकारी ) का निशान मगर नेतृत्वको प्यानल नै बिजयी भएको थियो ।