Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसियाकप छनोटमा नेपाल मलेसियासँग पराजित

एसियाकप छनोटमा नेपाल मलेसियासँग पराजित

इच्छाकामना न्युज

११, चैत्र २०८१
एसियाकप छनोटमा नेपाल मलेसियासँग पराजित
images

काठमाडौँ । नेपालले एसियाकप छनोटको तेस्रो चरण हारसँगै सुरुआत गरेको छ । नेपाल समूह ‘एफ’को खेलमा मलेसियाको हातबाट २–० ले पराजित रहेको हो । नयाँ प्रशिक्षकका रूपमा म्याट रस भित्रिएयता नेपालको यो पहिलो हार हो ।

images
images

यसअघि नेपालले मैत्रीपूर्ण अभ्यास खेलमा सिंगापुरलाई हराएको थियो । जोहरको सुल्तान इब्राहिम लार्किन रंगशालामा भएको खेलमा हेक्टर हेभेलले २९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७१ औं मिनेटमा लाभेर कोरबिन–ओङले दोस्रो गोल थपे ।

यसै समूहको अर्को खेलमा भियतनामले शानदार सुरुआत लिंदै लाओसलाई ५–० ले हरायो र शीर्ष स्थानका लागि आफू नै बलियो प्रत्यासी रहेको प्रमाणित गर्‍यो । यस नजितासँगै भियतनाम र मलेसिया समान ३/३ अंकमा रहे । नेपाल र लाओस शून्य अंकमा रहे ।

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - २२:३३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology