Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

डिजिटल बोर्ड ह्याक गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी

डिजिटल बोर्ड ह्याक गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी

images

इच्छाकामना न्युज

११, चैत्र २०८१
डिजिटल बोर्ड ह्याक गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको दाबी
images

चितवन, चैत १२ । प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिजिटल बोर्डमा डिस्प्ले भएको विषयमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले छानबिन गर्ने बताएको छ ।

यस्तो कार्यालयमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ । आज एक विज्ञप्ति निकाल्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनालाई लिएर पहिलो औपचारिक प्रतिक्रिया दिएको हो ।

डिजिटल बोर्ड ह्याक गरिएको दाबी प्राधिकरणको छ । विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०८१ साल चैत ११ गते करिब १२ बजेतिर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा दैनिक रुपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौजरअपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानूनको बर्खिलाप हो । यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ ।’

स्रोतःनेपाल प्रेस

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - १७:२१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology