Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

पूर्व राजा ज्ञानेन्द्र भोलि गोरखा आउदै

पूर्व राजा ज्ञानेन्द्र भोलि गोरखा आउदै

images

इच्छाकामना न्युज

७, चैत्र २०८१
पूर्व राजा ज्ञानेन्द्र भोलि गोरखा आउदै
images
 गोरखा । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई भोलि शनिबार बिहान आँबुखैरेनीबाट मोटरसाइकल र्याली गर्दै गोरखा भित्र्याउने कार्यक्रम तय भएको छ । पृथ्वीराजमार्ग हुँदै बिहान नौ बजे आँबुखैरेनी आइपुग्ने र त्यहाँ स्वागत गरी मोटरसाइकल र्यालीको आयोजना गर्दै गोरखा भित्र्याउने कार्यक्रम रहेको स्वागत समितिका सदस्य होमसिँह बस्न्यातले जानकारी दिए ।
कूलदेवता गोरखकाली, गोरखनाथ र मनकामनाको पूजा अर्चना गर्न उनी गोरखा आउन लागेका उनको सचिवालयले पुष्टि गरेको छ ।
सचिवालयले बुधबार प्रेस नोट जारी गरी भ्रमणबारे सार्वजनिक गरेका हुन् ।
पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज समिति गठन भएको छ । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको हो । स्वागत, प्रचार प्रसार तथा समन्वय र व्यवस्थापनका लागि सो समिति माताहत अन्य तीन उपसमितिहरु पनि गठन भएको संयोजक मल्लले जानकारी दिए ।
आउँदो शनिबार चैत्रकृष्ण अष्टमी, गोरखकाली पूजा पर्व रहेको छ । सोही अवसर पारेर पूर्वराजा शनिबार बिहान आँबुखैरेनी आइपुग्ने, आँबुखैरेनीबाट मोटरसाइकल ¥यालीका साथ गोरखा ल्याउने कार्यक्रम तय भएको स्वागत समितिका होमसिंह बस्न्यातले जानकारी दिए ।
गोरखा दरबारको बसपार्कमा उत्रिएपछि त्यहाँबाट गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरसम्म पैदल जाने कार्यक्रम छ । सोही मौका पारेर नागरिकहरुले भेटघाट तथा स्वागत गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र ७, २०८१ शुक्रवार - ११:०४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology