Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
images

अमरराज नहर्की

तनहुँ, चैत ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन आधा घटेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३४ मेगावाट मात्रै उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो । 

गौतमले भन्नुभयो, "सुख्यायाम भएकोले नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको हाे," "यसपाली हिउँदमा थोपै पानी परेन जसले गर्दा यसपाली उत्पादन आधा घट्न पुगेको छ ।" यतिबेला ३७ देखि ४० मेगावाट उत्पादन हुनु पर्नेमा लामो समय सम्म पानी नपरेको यो वर्ष ३४ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो ।

केन्द्रमा २३-२३ मेगावाटका तीन वटा टर्बाइन छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’ मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्यांकमा जम्मा गरेर छोड्ने गरिएको छ । 

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादन घटेको गौतमले जानकारी दिनुभयो । 

हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्र प्रमुख गौतमले बताउनुभयो । गौतमका अनुसार जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जान्छ ।

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २१:१७:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology