आँबुखैरेनी, ४ चैत्र । आँबुखैरेनी अस्पतालमा सोमबार संचालित स्त्री तथा प्रसूति रोग सम्बन्धि क्लिनिकमा ९९ जनाले स्वास्थ लाभ लिएका छ्न ।
आँबुखैरेनी गाउँपालिका र चितवन मेडिकल कलेज बिच स्वास्थ्य उपचार सेवाको लागि सम्झौता भए अनुसार प्रथम स्त्री तथा प्रसूति रोग सम्बन्धि विशेषज्ञ सेवा क्लिनिक सञ्चालन भएको हो ।
उक्त क्लिनिकमा ९९ जनाको स्त्री तथा प्रसूति रोगको जाँच र १७ जनाको VIA (पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ) जाँच गरिएको आँबुखैरेनी अस्पतालले जनाएको छ ।