Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी चक्रपथको अध्यक्षमा सन्त बहादुर के.सी. चयन

आँबुखैरेनी चक्रपथको अध्यक्षमा सन्त बहादुर के.सी. चयन

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
आँबुखैरेनी चक्रपथको अध्यक्षमा सन्त बहादुर के.सी. चयन
images
आँबुखैरेनी । आँबुखैरेनी चक्रपथ तथा सहायक मार्ग व्यवस्थान समिती आँबुखैरेनी–३, तनहुँको चौथाें अधिवेशन तथा १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
समितीका अध्यक्ष ऋषि के.सी.को सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सो साधारण सभा सम्पन्न भएको हो ।
आँबुखैरेनी पार्टी प्यालेस एण्ड रेष्टुरेण्टमा सम्पन्न समितीको चौथाें अधिवेशन तथा १२ औं साधारण सभामा समितीका अध्यक्ष ऋषि के.सी.ले बार्षिक प्रतिवेदन र समितीका कोषाध्यक्ष दिनेश कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष सन्त बहादुर के.सी.ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, आँबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाई समितीका अध्यक्ष नस्तुराम कँडेल, आँबुखैरेनी संस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठ लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
 
समितीको चौथाें अधिवेशन तथा १२ औं साधारण सभाले सन्त बहादुर के.सी.को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा नस्तुराम कँडेल, सचिवमा दिनेश कार्की, कोषाध्यक्षमा देवी देवकोटा, सदस्यहरुमा तुलसी श्रेष्ठ, परशुराम श्रेष्ठ, राजन ढकाल, एकराज दर्लामी, ईन्द्र बहादुर थापा रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:४०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology