Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा
images

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आगामी चैत ७ गतेबाट हुने एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारको घोषणा गरेको छ ।

images
images

पालिकाभित्रका विद्यालयबाट ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई गाउँपालिकाले १ लाख पुरस्कार दिने घोषणा गरेको हो ।

त्यस्तै ३.९०–३.९९ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार, ३.८०–३.८१ जीपीए प्राप्त गर्नेलाई २५ हजार नगद दिने गाउँपालिकाले जनाएको छ । ३.७०–३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६०–३.६९ प्राप्त गर्ने विद्यार्थीलाई १५ हजार दिने गाउँपालिकाले घोषणा गरेको हो ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउन गत माघ २५ गतेको कार्यपालिका बैठकबाट निर्णय गराइएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए ।

‘विद्यार्थीलाई प्रोत्साहन मिलोस् भनेर यो घोषणा गरेका हौं’, उनले भने । यस करा्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने भट्टको भनाइ छ । यसवर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाका १० माध्यमिक विद्यालयबाट नियमित तर्फ २९८ र ग्रेडवृद्धितर्फ ७३ गरी ३ सय ७१ विद्यार्थी सहभागी हुँदैछन् ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - ११:०५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology