Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ दर्जन व्यक्तित्वहरु सम्मानित

आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ दर्जन व्यक्तित्वहरु सम्मानित

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०८१
आँबुखैरेनी गाउँपालिकाद्वारा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ दर्जन व्यक्तित्वहरु सम्मानित
images

आँबुखैरेनी, फागुन २७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आठौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३ दर्जन व्यक्तिहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकामा प्रथम पटक उन्नत नश्लको गाईपालन तथा व्यवसायिक कृषिको सुरुवात गरी विगत ३७ वर्षदेखि कृषि क्षेत्रमा योगदान पु¥याउनुहुने आँबुखैरेनी–१, बरादीका ईश्वर बावु गौली, व्यवसायिक तरकारी खेती गरी सफल महिला कृषि उद्यमी तारा अधिकारी, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउनुहुने भम बहादुर गुरुङ्ग, आँबुखैरेनीबासीलाई विगत ४५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सहज पहुँच पु¥याउनुहुने आँबुखैरेनी–३, का लक्ष्मी प्रसाद कोईराला, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने रत्न बहादुर कुँवर, ग्रामिण कृषि क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्दै स्व. बजारीकरण गरी अनुकरणीय कार्य गर्दै आएकी आँबुखैरेनी–४, की माया सुनारी, गाउँपालिका भित्रका सिमान्तकृत चेपाङ्ग समुदायको आर्थिक विकास र शैक्षिक उन्नतीका लागि नेतृत्वदायी भूमिकामा रही महत्वपूर्ण योगदान पु¥याउनुहुने आँबुखैरेनी–५, की सुकमाया चेपाङ्ग, गाउँपालिकाको ग्रामिण कृषि क्षेत्रमा जैविक तरकारी खेती गर्दै नवौं तनहुँ महोत्सवको कृषि प्रदर्शनीमा प्रथम स्थान हासिल गर्नुहुने आँबुखैरेनी–५, की संगिता गुरुङ्ग, गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पु¥याउनुहुने आँबुखैरेनी–३, की सरला थापा, आँबुखैरेनी गाउँपालिकामा प्रथम पटक आधुनिक बेकरी उद्योग संचालन गरी सफल उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–३, स्थित कृषि बेकरी, गाउँपालिकाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउहुने श्रीराम भट्टराई रहेका छन् ।

त्यस्तै, सम्मानित हुनेहरुमा आँबुखैरेनी गाउँपालिकाको शिक्षा क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पु¥याउनुहुने आँबुखैरेनी–१, की सरिता देवी पौडेल, व्यवसायिक सुन्तला खेती गरि एक सफल युवा कृषि उद्यमीको रुपमा स्थापित आँबुखैरेनी–२, का लक्ष्मण थापा, स्वच्छ खानेपानीको पहुँच अभिबृद्धिमा महत्वपूर्ण योगदान पु¥याउहुने आँबुखैरेनी–३, का केशर बहादुर के.सी., नेपाल सरकारको सशस्त्र प्रहरी बल अन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रहरी नायव उपरिक्षक पदमा रही निरन्तर राष्ट्र सेवामा अहोरात्र लाग्नुहुने आँबुखैरेनी–३, का डा. शैरभ श्रेष्ठ, साहित्य क्षेत्रमा बिशिष्ट योगदान पु¥याउहुने आँबुखैरेनी–३, का अनिल श्रेष्ठ, ग्रामिण भेगमा जन्म भई सामुदायिक विद्यालयमा अध्ययन गरी ईन्जिनियरिङ विषयमा विद्यावारिधि गर्दै आउनुभएका आँबुखैरेनी गाउँपालिकाका प्रथम ईन्जिनियर आँबुखैरेनी–३, का पृथ्वीमान थापा, गाउँपालिकाको दुर्गम क्षेत्रमा अवस्थित विद्यालयको आधारभूत तहको शैक्षिक गुणस्तर अभिबृद्धिमा विगत १८ वर्षदेखि हाल सम्म योगदान पु¥याउनुहुने आँबुखैरेनी–६, का तुलबहादुर गुरुङ्ग, आँदीमुल मन्दिरको स्थापनामा अतुलनीय योगदान पु¥याउनुभएकी आँबुखैरेनी–१, की प्याकुली परियार, लामो समयदेखि होमस्टे क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने आँबुखैरेनी–६, की बाटुली आमा, परम्परागत संस्कृतिको जर्गेना गर्न सफल महिला समुह आँबुखैरेनी–२, स्थित (पञ्चेबाजा) माई छिम्केश्वरी आमा समुह, व्यवसायिक सयपत्री खेती गरी नेपालबाट प्रथमपटक सयपत्री माला कतार निर्यात गरी अन्तराष्ट्रिय बजारमा नेपाली कृषि उपजलाई प्रवद्र्धन गर्नुहुने आँबुखैरेनी–१, स्थित सयसत्री याञ्चोक लघुद्यमी महिला समुह रहेका छन् ।

त्यसैगरी, महिला उद्यमीद्धारा क्रियाशिल भई सरसफाई जन्य पदार्थको स्थानीय उत्पादन तथा बजारीकरणमा निरन्तर लाग्नुभएको आँबुखैरेनी–३, स्थित सरल लघु उद्यमी आमा समुह, योग शान्ति ध्यान मार्फत शारिरिक, मानसिक तथा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनिय योगदान पु¥याउनुहुने ईन्दिरा पौडेल, समुदायमा योगसाधना मार्फत प्राकृतिक जीवनशैली यापनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने पम्फा श्रेष्ठ, ग्रामिण कृषि क्षेत्रमा व्यवसायिक रुपमा विगत १० वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका सफल कृषि उद्यमी भक्त बहादुर गुुरुङ्ग, नवीनतम प्रविधी सहित पुष्पजन्य सजावट र व्यवसाय संचालन गर्नुहुने सरिस्मा गुरुङ्ग, रामशाह माविको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरको कोकाकोला कपमा बिजेता भई आँबुखैरेनीको शान उच्च राख्न सफल २०६३ सालको राष्ट्रिय कोकाकोला कप बिजेता टोली, गित संगित मार्फत लोक गित, दोहोरी गित लगाएतको क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने आँबुखैरेनीको चेली चर्चित गायिका शिला आलेलाई सम्मान गरिएको छ ।

यसैगरी गाउँपालिकाका उत्कृष्ट ६ जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन डि.बी. क्षेत्री, कृषि शाखा प्रमुख सन्तोष के.सी., कर्मचारी बिमला पौडेल, मिना रेग्मी, नन्द बहादुर मगर र श्रीमाया खनाल रहेका छन् ।

उनीहरुलाई प्रतिनिधी सभा सदस्य एवं संघिय सांसद भगवती न्यौपाने, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा लगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित हुनेहरुलाई जनही ७ हजार ५ सय रुपैंया प्रदान गरिएको छ ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य एवं संघिय सांसद भगवती न्यौपाने, गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडाअध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रेम बहादुर तमु, आँबुखैरेनी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ऋषि के.सी., इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदी लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा बिविध सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, घाँटु नाच, चुड्का भजन, पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - ०८:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology