Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीबाट मगरको उम्मेदवारी

आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीबाट मगरको उम्मेदवारी

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीबाट मगरको उम्मेदवारी
images
आँबुखैरेनी, फागुन २७ गते । आँबुखैरेनी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट निशान मगरले उम्मेदवारी दर्ता गरेका छन् ।
स्ववियु निर्वाचन अन्तर्गत चैत्र ५ गते हुने निर्वाचनको लागि आज मंगलबार मनोनय दर्ता रहेकोमा मगरले सभापतिमा उम्मेदवार दर्ता गरेका हुन् ।
यसैगरी, अखिल क्रान्तिकारीबाट स्ववियु सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ्ग, सदस्यहरुमा मेनुका खत्री, सुरेश नेपाली, विज्ञा राना मगरले उम्मेदवार दर्ता गरेका छन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट नै समानुपातिक तर्फ संगिता थापा, लक्ष्मी थापा, शिशिर वि.क., विनिशा बराम र देवी श्रेष्ठले उम्मेदवार दर्ता गरेको आँबुखैरेनी क्याम्पस निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २१:२२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology