Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

थारु पत्रकार संघको अध्यक्षमा चितवनका पत्रकार सन्तकुमार चौधरी चयन

थारु पत्रकार संघको अध्यक्षमा चितवनका पत्रकार सन्तकुमार चौधरी चयन

इच्छाकामना न्युज

२५, फाल्गुण २०८१
थारु पत्रकार संघको अध्यक्षमा चितवनका पत्रकार सन्तकुमार चौधरी चयन
images

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

images
images

यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताउनुभयो । त्यस्तै, संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित हुनुभएको छ ।

481470261_2308397769533527_2876732508266105840_n.jpg

यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएको निर्वाचन समितिका सदस्य मदन चौधरीले जानकारी दिनुभयो । थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष चौधरीले बताउनुभयो । संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उहाँको प्रतिवद्धता छ । अध्यक्षमा निर्वाचित भएपछि धन्यवाद दिंदै नवनिर्वाचित अध्यक्ष चौधरीले संघको कामलाई चुस्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघको छैठौं महाधिवेशनको उदघाटन यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुभएको थियो । उदघाटनसत्रमा थारु आयोगका सदस्य सुबोधसिंह चौधरी, थारु कल्याणकारिणीसभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुृरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, फोनिज काठमाडौंका अध्यक्ष भीम लामा, थारु नेताहरु कानुनलाल चौधरी, चन्द्रप्रसाद चौधरी, जातीय पत्रकार संघका अध्यक्षहरुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - ०९:४३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology