आँबुखैरेनी । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले बृहत बजार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालयको आयोजना तथा आँबुखैरेनी गाउँपालिका ३ नं. वडा कार्यालय, आँबुखैरेनी बजारमा रहेका लायन्स क्लवहरु तथा स्थानीय टोल विकास संस्थाहरुको सहकार्यमा बृहत बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए ।
वडा नं. ३ को आँबुखैरेनी बजार चोक देखि मिलन चोक सम्म बृहत बजार सरसफाई गरिएको थियो ।