आँबुखैरेनी । मिलनचोक जरेबर खानेपानी तथा सरसफाई उपभोक्ता समिती आँबुखैरेनी–२ र ३ तनहुँको १६ औं भेला तथा साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डेको सभापतित्व तथा गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक, मामिला तथा कानुन मन्त्री एवं प्रदेश सांसद हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा सो खानेपानीको १६ औं भेला तथा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभा समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक, मामिला तथा कानुन मन्त्री एवं प्रदेश सांसद हरि बहादुर चुमानले आँबुखैरेनी गाउँपालिकाको सबै स्थानमा खानेपानीको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा खानेपानीको निकै समस्या रहेकोले लिफ्टीङ मार्फत खानेपानीको सुविधाको लागि आफु लागि परेको मन्त्री चुमानले बताउनुभएको छ । साधारण सभामा समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डेले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समितीका उपाध्यक्ष अमर थापा मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद हरि बहादुर चुमान, समितीका अध्यक्ष बुद्धि बहादुर पाण्डे, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, संस्थाका कोषाध्यक्ष टंक कुमारी सिन्जाली, पदमराज काफ्ले, ढावटार टोल सुधार समितीका अध्यक्ष लक्ष्मण थापा लगाएतकाले मन्तव्य राख्नुभएको थियो ।
आयोजनाबाट हाल आँबुखैरेनी गाउँपालिकाको वडा नं. २ र ३ मा गरी १०६६ घरधुरिका जनताहरुले खानेपानीको सेवा लिदै आएको कार्यालयका सचिव अनिल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको संचालन विशाल थापाले गर्नुभएको थियो ।