आँबुखैरेनी, फागुन २३ । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित २ जना पक्राउ परेका छ्न ।
पृथ्वी राजमार्ग सडक-खण्ड अन्तर्गत बेनिटारमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा आँबुखैरेनी- १ बस्ने बर्ष २१ का मदन गुरुङ र सोही स्थान बस्ने वर्ष २१ का प्रज्वल गुरुङलाई लागु औषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
उनीहरुको साथमा लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको जम्मा २२९ क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए ।
उक्त घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।