आँबुखैरेनी, २३ फागुन । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड आँबुखैरेनी शाखाले बिहीबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–३, स्थित तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा कालिका लघुवित्त वित्तिय संस्थाका प्रमुख सम्झाना वि.क.को सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिनेश के.सी.को प्रमुख आतिथ्यता एवं इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेक प्रसाद सुवेदीको विशिष्ट आतिथ्यतामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएका कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड आँबुखैरेनी शाखाले जनाएको छ ।
साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने योजना रहेको आँबुखैरेनी शाखाका प्रमुख रोजिना गुरुङ्ग रानाले जानकारी दिनुभएको छ ।
केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको सहजीकरण साजबोट मुकाम अनुगमन अधिकारी कृष्ण बहादुर खत्रीले गर्नुभएको थियो ।
सो अवसरमा बार्षिक इकाई भेला मार्फत ३ वटा इकाई केन्द्रलाई नगद सहित प्रमाणपत्र र ७ वटा इकाई केन्द्रलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको छ । यसैगरी, उत्कृष्ट ऋणि, उत्कृष्ट बचतकर्ता र उत्कृट केन्द्र प्रमुखलाई घडी र प्रमाणपत्रद्धारा सम्मान गरिएको आँबुखैरेनी शाखाले जनाएको छ ।
कार्यक्रममा कालिका लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रमुख सम्झाना वि.क., आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिनेश के.सी., इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेक प्रसाद सुवेदी, साजबोट मुकाम अनुगमन अधिकारी कृष्ण बहादुर खत्री, आँबुखैरेनी शाखा प्रमुख रोजिना गुरुङ्ग राना, पूर्व शाखा प्रमुख नन्दना गुरुङ्ग, छेवेटार शाखा प्रमुख अस्मी परियार, साजबोट डुम्रे शाखा प्रमुख दुर्गा राना, आँबुखैरेनी शाखाका लेखापाल टिकाराम गाहा, कनिष्ट सहायक पार्वती तिवारी, लगाएतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा समुहमा आबद्ध ७५ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो ।