Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनीमा “सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण“ कार्यक्रम संचालन

आँबुखैरेनीमा “सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण“ कार्यक्रम संचालन

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०८१
आँबुखैरेनीमा “सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण“ कार्यक्रम संचालन
images
आँबुखैरेनी, २० फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आजदेखि “सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण“ कार्यक्रम संचालन गरेको छ ।
गाउँपालिकाको आ.व. २०८१÷०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार “सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण“ कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिनुभएको छ ।
जस अनुसार आज मंगलबार पहिलो दिनमा ४४ वटा सामुदायिक र ७ ओटा घरपालुवा गरी जम्मा ५१ वटा कुकुरहरुमा बन्ध्याकरण सम्पन्न भएको छ ।
आँबुखैरेनी गाउँपालिका–३, स्थित अमिलीबोटे हाटबजार लाग्ने स्थानमा संचालित उक्त कार्यक्रम भोलि सम्म सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - २३:४६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology