आँबुखैरेनी, २० फागुन । भूतपूर्व विद्यार्थी समाज रामशाह मावि आँबुखैरेनीले छात्रावास कार्यक्रम व्यवस्थापनका लागि खाद्यन्न सामाग्री सहयोग गरेको छ ।
रामशाह माध्यमिक विद्यालयमा अध्ययनरत एस.ई.ई. दिने तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग पु¥याउने हेतुले विद्यालयमा संचालित छात्रावास कार्यक्रम व्यवस्थापनका लागि रु. २०,०००/– (बिस हजार रुपैया )बराबरको खाद्यन्न सामाग्री सहयोग गरिएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष लक्ष्मण थापाले मंगलबार उक्त रकम बराबरको खाद्यन्न सामाग्री विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेलाई हस्तान्तरण गर्नुभएको समाजका सचिव राजेश सुनामले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिकाको एस.ई.ई. नतीजा सुधार कार्यक्रम अन्तर्गत खाद्यन्न सामाग्री लगाएत अन्य सहयोग पनि गर्दै जाने योजना रहेको समाजका अध्यक्ष लक्ष्मण थापाले बताउनुभयो ।