आँबुखैरेनी, १४ फागुन । तनहुँको आँबुखैरेनीमा मिन्नानो एजुकेशन सेन्टर प्रा.लि. ले आज बुधबारबाट आफ्नो सेवा सुरु गरेको छ ।
आँबुखैरेनी–३, स्थित गोरखा रोड आई.एम.ई. भएको भवनको माथिल्लो तल्लामा संचालनमा आएको मिन्नानो एजुकेशन सेन्टरको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दिनेश के.सीले उद्घाटन गरेका हुन् । उद्घाटन पछी वडाध्यक्ष दिनेश के.सीले मिन्नानो एजुकेशन सेन्टरको उत्तरोत्तर प्रगति एवम् सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
जापान जान चाहने विद्यार्थीहरुका लागि स्टुडेन्ट र वर्किङ भिषा सम्बन्धि सम्पूर्ण परामर्श सेवा दिने उद्धेश्यले मिन्नानो एजुकेशन सेन्टर संचालना ल्याईएको मिन्नानो एजुकेशन सेन्टर प्रा.लि.का म्यानेजिङ डाईरेक्टर आशिष श्रेष्ठले जानकारी दिनुभएको छ ।
श्रेष्ठले बैदेशिक रोजगारी एवंम अध्ययनको शिलशीलामा हजारौं युवाहरू ठगिएको प्रति आफुहरु सचेत र सजग भएको बताउँदै आफूहरूको कन्सलटेन्सी भरपर्दो माध्यम भएको बताएउनुभएको छ।
मिन्नानो एजुकेशन सेन्टरमा हरेक दिन बिहान ६ बजे साँझ ६ बजे सम्म अनुभवी र दक्ष शिक्षकबाट जापानिज भाषाका कक्षाहरु सञ्चालन हुने जनाएको छ ।