Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

माओवादीकाे ‘तराई/मधेश जागरण अभियान’ शुरू

माओवादीकाे ‘तराई/मधेश जागरण अभियान’ शुरू

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
माओवादीकाे ‘तराई/मधेश जागरण अभियान’ शुरू
images

काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) ले तराई/मधेश जागरण अभियान शुरू गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई/मधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बताउनुभयो । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उहाँको दाबी छ ।

यस्तै उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।

यसैगरी पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:१६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology