Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी 

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी 

सिआईएन

११, फाल्गुण २०७७
कोरोना विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको बीचमा लगाउने सरकारको तयारी 

काठमाण्डौ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ हप्तादेखि १२ हप्ताको बीचमा दिने निर्णय गरेको छ । कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिले पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्ताको अवधिमा दोस्रो खोप दिन मन्त्रालयलाई सुझाव दिएको थियो ।
यस अघिमन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिने बताएको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल कल्याण तथा खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको थियो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ । 
खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताउनुभयो । खोप विज्ञ समेत रहेका डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रति असरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरी कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने समेत उहाँले बताउनुभयो । 

images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:३३:०६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology