Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल, उपाध्यक्षमा इच्छाकामनाका एकराज शर्मा चयन

नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल, उपाध्यक्षमा इच्छाकामनाका एकराज शर्मा चयन

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०८१
नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल, उपाध्यक्षमा इच्छाकामनाका एकराज शर्मा चयन
images

चितवन।नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा नरेन्द्र कँडेल चयन भएका छन् ।आज मदन आश्रित स्मृति भवन भरतपुर चितवनमा सम्पन्न परिषद्को दशौं जिल्ला अधिवेशनले कँडेलको नेतृत्वमा सर्वसम्मतबाट १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा एकराज शर्मा, सचिवमा डा. शिव रिजाल, उपसचिवहरुमा बुद्धिबहादुर खड्का, सीता रिजाल र कोषाध्यक्षमा प्रेम खरेल चयन भएका छन् । सदस्यहरुमा नरेन्द्रप्रसाद बेलबासे, कृष्णप्रसाद साँखी, विष्णुप्रसाद रिजाल, रत्नबहादुर राउत, कृष्णप्रसाद ढकाल, इन्दिरा सापकोटा पौडेल, नन्दकिशोर ढकाल, शिवकुमार ढकाल, अयोध्या पाठक र जगदीश खनाल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा परिषद्का महासचिव ई. गजेन्द्र प्रसाद थपलिया, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले केन्द्रीय सदस्य यमबहादुर परियार, एमाले केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, परिषद्का केन्द्रीय सदस्य एवम् चितवन इन्चार्ज दिपक प्रकाश सिवाकोटी, एमाले चितवनका सचिवालय सदस्यहरु अनोज जोशी, प्रकाश भट्ट लगायत नेपाल बुद्धिजीवी परिषद्मा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - २१:४२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology