काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि आज (शनिवार) खेलाडी अक्सन हुँदैछ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गतेदेखि सुरु हुने लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
यस संस्करणदेखि आयोजकले प्लेअर रिटेन्सन पोलिसी लागू गरेको छ। जसअनुसार हरेक टिमले अधिकतम ३ खेलाडी रिटेन गर्न सक्नेछन्।
क्याटेगोरी ए बाट १ खेलाडी
क्याटेगोरी बी बाट २ खेलाडी
केही टिमले ३ खेलाडी रिटेन गरेका छन् भने केही टिमले दुई वा एक खेलाडी मात्र रिटेन गरेका छन्।
एनएसएलको दोस्रो संस्करणमा थपिएका तीन नयाँ टिममध्ये स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडले नाम फिर्ता लिएपछि यस वर्ष लिगमा ७ टोली मात्र प्रतिस्पर्धा गर्दैछन्।
३ खेलाडी रिटेन गर्ने टोलीहरू:
काठमाडौं रेजर्स (पहिलो संस्करणको विजेता)
पोखरा थण्डर्स
धनगढी एफसी
एफसी चितवन
बुटवल लुम्बिनी एफसी
२ खेलाडी रिटेन गर्ने टोली:
साविक विजेता ललितपुर सिटी एफसी
१ खेलाडी रिटेन गर्ने टोली:
झापा एफसी
प्रशिक्षकको घोषणा
यस पटक केही टिमले नयाँ प्रशिक्षक नियुक्त गरेका छन्।
झापा एफसी – प्रवेश कटुवाल
एफसी चितवन – नविन न्यौपाने
पोखरा थण्डर्स – सुमन श्रेष्ठ
ललितपुर सिटी एफसी – इंग्लिस प्रशिक्षक साइमन ग्रेसन (पूर्व आईएसएल क्लब बेंगलुरु प्रशिक्षक)
बुटवल लुम्बिनी एफसी – भुटानका प्रो लाइसेन्स होल्डर पुष्पलाल शर्मा
धनगढी एफसीले सहायक प्रशिक्षक घोषणा गरे पनि मुख्य प्रशिक्षक घोषणा गरेको छैन। काठमाडौं रेजर्सले पनि आफ्नो प्रशिक्षक सार्वजनिक गर्न बाँकी छ।
एनएसएलको तेस्रो संस्करणलाई लिएर टिमहरूले तयारी तीव्र पारेका छन्। खेलाडी अक्सनपछि टोलीहरू थप सशक्त बन्दै जाने अपेक्षा गरिएको छ।