Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
नयाँ नीति आएपछि दूरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ
images

ललितपुर, फागुन ८ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ नीति निर्माण मार्फत  दूरसञ्चारमा रूपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताउनुभएकोछ।

ललितपुरमा बिहीबार टेकपानाले आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेसन्स इनसाइट्स अन पोलिसी एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  मन्त्रालयले यो वर्ष भित्र दूरसञ्चारको पुरानो ऐन संशोधन गरेर नयाँ ऐन ल्याउने र रूपान्तरण हुने बताउनु भएको हो। 

“मैले यो वर्ष जसरी पनि दूरसञ्चार सम्बन्धी नयाँ विधेयक मस्यौदा गर्छु र सदनमा पुर्‍याउछु,” उहाँले भन्नुभयो,“नीति र ऐन परिमार्जन नगरी दूरसञ्चारको कार्यशैलीमा रूपान्तरण ल्याउन कठिन छ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नीति परिमार्जनसँगै दूरसञ्चारको गति प्रभावकारी बनाउन टेक्नोलोजी जेनेरेसन समेत पच्छ्याउनु पर्ने बताउनुभयो। 

उहाँले फोजीलाई देशभर पुर्‍याउने र फाइभ जीको सुरुवात गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको सुनाउनुभयो। अबको पुस्ता प्रविधिको गति सँगै हिँडेन भने विकासको दृष्टिलेपछि पर्ने धारणा राख्दै मन्त्री गुरुङले डिजिटल विकासमा मन्त्रालयका गतिविधि केन्द्रित रहेको विश्वास व्यक्त गर्नुभयो। 

“सेकेन्ड सेकेन्डमा प्रविधिको विकास बढ्दैछ”, उहाँले भन्नुभयो,“यो गति पच्छ्याउन नसके हामी पछाडि पर्छौँ।”

सरकारको प्रतिबद्धता अनुसार प्रत्येक घर घरमा टेलिफोन र इन्टरनेट नेटवर्क पुर्‍याउने हो तर, यसका लागि प्रर्याप्त अभ्यास गर्न र नीतिगत सुधार गर्नतर्फ लाग्न जरुरी रहेको मन्त्री गुरुङको जोड छ। मन्त्री गुरुङले दूरसञ्चार प्राधिकरण ऐन सँगै यसको छुट्टै नीति समेत निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - २१:१६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology