Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

images

इच्छाकामना न्युज

५, फाल्गुण २०८१
हुलाक टिकटमा लोपोन्मुख कला संस्कृति समेटिनुपर्छ : सञ्चारमन्त्री गुरुङ
images

काठमाडौँ, फागुन ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएकोछ । हुलाक सेवा विभागले आज सप्ताहव्यापीरूपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाक विभागले अब आवेदन आव्हान गरेर मात्र होइन, आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने सुझाव दिनुभएको हो । 

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधैँ जगेर्ना गर्ने दस्तावेज समेत रहेको बताउनुभयो । साथै उहाँले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरूको बढी टिकट भए पनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरू खोजेर दस्तावेज गर्न छुटेको बताउनुभयो । उहाँले विभागलाई निर्देशन दिँदै भन्नुभयो, “हामी धेरै राजनीतिक टिकट बनाउन जोड दियोँ, समाजका अन्य महत्त्वपूर्ण विषय छुटेका छन् ।” मन्त्री गुरुङले समाजका रैथाने मुल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवर्धन गर्नेखालका विषयवस्तु समेत हुलाक सेवाले आफैँले पहिचान गरी छाप्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले हुलाक टिकटलाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको जानकारी गराउँदै जनसेवामुखि भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले हुलाक टिकटलाई आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएकोछ । भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोजअनुसन्धान गरी जमिनबाट उत्खनन् गरिएको ऐतिहासीक ‘पञ्चमार्क मुद्रा’ हो भने प्युठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौविसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रूपमा रहेको मानिन्छ । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले हुलाक टिकटको एेतिहासिक महत्त्व दर्शाउँदै विभागले पुरातात्विक महत्त्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्य योजना बन्दैगरेको बताउनुभयो । “यस्तो थुप्रै रोचक र एेतिहासीक खोजमुलक विषय वस्तु छन्, जुन टिकट बनाउन आवश्यक छ” उहाँले भन्नुभयो, “विभागले आफै पनि अनुसन्धान गर्ने तयारीमा छौँ र केही कार्य थालनी पनि गरेका छौँ ।”

images
प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - २०:४५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology