Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछः उपाध्यक्ष श्रेष्ठ

पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछः उपाध्यक्ष श्रेष्ठ

images

रासस

२, फाल्गुण २०८१
पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछः उपाध्यक्ष श्रेष्ठ
images

चितवन, फागुन २। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताउनुभयो । उहाँले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टिका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो । रासस

images
प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - १७:०५:०२ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology